कीवर्डहरू -

नेपालमै पहिलो पटक सञ्चालन आयो विद्युतीय एम्बुलेन्स, एक पटकको चार्जमा ३१० किलोमिटर गुड्ने

नेपालमै पहिलो पटक सञ्चालन आयो विद्युतीय एम्बुलेन्स, एक पटकको चार्जमा ३१० किलोमिटर गुड्ने

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले विद्युतीय एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किष्ट अस्पतालले नेपालमै पहिलो पटक विद्युतीय अर्थात इलेक्ट्रीक एम्बुलेन्स मंगलबारदेखि सञ्चालनमा ल्याएको हो ।

यो विद्युतीय एम्बुलेन्स एक पटक फुल चार्ज गरेपछि ३१० किलोमिटर गुडाउन सकिने छ । यसलाई ४० किलोवाट क्षमताको एसी चार्जरले १ घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने छ । यसमा ५०.३ किलोवाटको ब्याट्री राखिएको छ ।

\"\"

चीनको विद्युतीय कार निर्माता कम्पनी बीवाईडीको एमथ्री मल्टी पर्पोज भ्यान (एमपीभी) लाई एम्बुलेन्समा परिमार्जन गरेर संचालनमा ल्याइएको हो ।

यो विद्युतीय एम्बुलेन्स विशेष गरी कोभिड १९ महामारीलाई लक्षित गरी डिजाइन गरिएको हो । एम्बुलेन्समा भेन्टिलेटर, अक्सिजन ट्याङ्की, ईसीजी मोनिटर, कोल्याप्सिबल स्ट्रेचर लगायत आवश्यक सबै सुविधाहरू उपलब्ध छन् ।