कीवर्डहरू -

साओमीको आधिकारिक स्टोर अब बुटवलमा

साओमीको आधिकारिक स्टोर अब बुटवलमा

साओमीले बुटवलमा आफ्नो आधिकारिक स्टोर सञ्चालनमा ल्याएको छ । सो स्टोर बुटवलको विपि चोक ६ मा अवस्थित रहेको छ ।

यो मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्ने कम्पनीले जनाएको छ । यस ब्रान्डले मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ ।

हरेक मी स्टोरसंग देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्न प्रयास जारी राख्ने साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए ।

‘हाम्रो मी प्रशंसकहरुको लागी सबै भन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्नेछौँ,’ उनले भने, ‘हामी आशा गर्दर्छौं कि नेपालमा हाम्रा मी प्रशंसकहरु यस मी स्टोरमा जानेछन् र उनीहरुले हाम्रो भर्खरै लन्च गरिएका उत्पादन लाइन अपको धेरै भन्दा धेरै उपयोग गर्ने अवसर लिनेछन् ।’

यस मी स्टोरले निर्बाध रूपबाट आपूर्ति श्रृंखला प्रबंधनबाट उत्पादनको उपलब्धता र वितरण उपाय सम्म रिटेल प्रयासहरुलाई ब्रान्डको अधीनमा ल्याएर एकीकृत गर्ने बताइएको छ ।