कीवर्डहरू -

एप्पलको एयरट्याग प्रयोग गरेर गाडी चोरी हुँदै 

एप्पलको एयरट्याग प्रयोग गरेर गाडी चोरी हुँदै 

एप्पलको एयरट्याग प्रयोग गरेर गाडी चोरी गर्न थालिएको छ । एप्पलले यो वर्षको सुरुवातमा एयरट्याग सार्वजनिक गरेको थियो । यसल हराएकोे चाबी, झोला आदि खोजिदिनलाई मद्दत पु¥याउने गर्दछ ।

क्यानेडाको योर्क पुलिसका अनुसार एयरट्यागलाई अहिले चोरहरुले दुरुपयोग गर्न थालेका छन् । क्यानेडामा चोरहरुले एयरट्याग प्रयोग गरेर गाडी चोरी गर्न थालेको पाइएको छ । चोरहरुले कसैको गाडीमा एयरट्याग छाडिदिएर त्यहीगाडीलाई ट्रयाक गरेर गाडी चलकको घर थाहा पाउने गर्नथालेका छन् ।

घर थाहापाएपछि त्यहाँबाट उनीहरुले गाडी चोरेर लैजाने गर्दछन् । गत केही महिनामा एयरट्यागकै कारणले ५ ओटा चोरी भइसकेका छन् । तपाईले आफ्नो गाडीमा अनजान एयरट्याग पाउनुभयो भने आइफोनबाट केही निर्देशनलाई फलो गरेर त्यो एयरट्यागलाई डिसेबल गर्न सक्नुहुनेछ ।

एप्पलका अनुसार आईओएस डिभाइसले पनि अन्नोन एयरट्यागसँगै रहेको खण्डमा नोटिफिकेशन दिने गर्दछ । एन्ड्रोइड फोन हुनेहरुका लागि भने यस फिचरले काम गर्दैन् ।