कीवर्डहरू -

नेपाल पेमेन्ट सोलुसन्स र मन्जुश्री फाइनान्स बीच सम्झौता

नेपाल पेमेन्ट सोलुसन्स र मन्जुश्री फाइनान्स बीच सम्झौता

नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ ।

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा मन्जुश्री फाइनान्स लिमिटेडको तर्फबाट सन्तोष निरौला, प्रमुख कार्यकारी अधीकृत र सुनलि शाही आइटी हेडले आ-आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले मन्जुश्री फाइनान्स लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब मन्जुश्री फाइनान्स लमिटिेडसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वान लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वत्तियि संस्थाहरु, पीएसपी, रेमट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।

नेपाल पेमेन्ट सोलुसन्सले ५० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १५ भन्दा बढि रेमट्यिान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ ।