कीवर्डहरू -

नेपाल पेमेन्ट सोलुसन र ग्रीन डेभलपमेन्ट बैंक बीच सम्झौता

नेपाल पेमेन्ट सोलुसन र ग्रीन डेभलपमेन्ट बैंक बीच सम्झौता

नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै ग्रीन डेभेलपमेन्ट बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ ।

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिका सीएक्सओ प्रताप श्रेष्ठ र सिबीओ अभय रिजाल तथा ग्रीन डेभेलपमेन्ट बैंकका सीईओ उमेश कुमार आचार्य र हेड अपरेसन सुशलि पौडेलले आ-आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

योसँगै ग्रीन डेभेलपमेन्ट बैंकले अब लेनदेन बैंकिङमा कोर क्षमताको लाभ उठाउन सक्नेछ । यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले ग्रीन डेभेलपमेन्ट बैंकसँग डिजिटल इकोसिस्टम विस्तार गरेसँगै अब, ग्रीन डेभेलपमेन्ट बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछ ।

नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ । साथै, उनीहरूको डिजिटल प्रवधिहिरूको लाभ उठाएर उच्च-स्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्ने जनाइएको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो, जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएसपीहरू, रेमट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रति रहेर काम गर्ने गर्दछ ।

नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो, जसले ५० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १५ भन्दा बढि रेमट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ ।