कीवर्डहरू -

डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना

डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना

डिटिएच सेवा दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ । छ्यासीकोट स्थित त्भभिउयचत बाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको हो ।

कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको कम्पनीले जनाएको छ । छ्यासीकोटमा रहेको डिशहोमको स्टेशन मार्फत फाईबर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको स्याटेलाइट टेलिपोर्टसम्म पुर्‍याई डिशहोमका सम्पुणर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता राख्दछ ।