कीवर्डहरू -

यस्तो छ ह्वाट्सएपको एउटै अकाउन्ट मल्टि डिभाइसमा कनेक्ट गर्ने तरीका

यस्तो छ ह्वाट्सएपको एउटै अकाउन्ट मल्टि डिभाइसमा कनेक्ट गर्ने तरीका

ह्वाट्सएपमा केही महिना अघि एउटै अकाउन्ट मल्टिपल डिभाइसमा लग इन गर्न सकिने सुविधा आएको थियो यसको अर्थ कम्प्यूटर तथा मोबाइलमा एकैपटक एउटै अकाउन्ट प्रयोग गर्न सकिन्छ । एउटै अकाउन्ट एकैपटक चारओटा डिभाईस सम्ममा लगइन गर्नलाई प्रयोग गर्न सकिन्छ । यो फिचर अहिले बेटा भर्सनमै रहेको छ ।

यो सुविधा प्रयोग गर्न आफ्नो स्मार्टफेनमा ह्वाट्सएप खोल्नुहोस् । त्यसपछि माथिल्लो बायाँ भागमा रहेको तीन ओटा थोप्ला भएको आइकनमा क्लिक गर्नुपर्छ र लिंक्ड डिभाईस छान्नुपर्छ ।

अब तपाईले मल्टि डिभाईस बेटा भन्ने अप्सनमा क्लिक गरेर विभिन्न डिभाईसहरु कनेक्ट गर्न सकिन्छ । अब यस पछि लिंक्ड डिभाईस भन्ने पेजमा जानुपर्छ र यसपछि लिकं अ डिभाइस बटन भन्ने बटनमा क्लिक गर्नुपर्छ ।

अब तपाईको अर्काे डिभईसमा देखाइएको क्युआर कोड स्क्यान गरेर आफ्नो ह्वाट्सएप अकाउन्टमा लिकं गर्नुपर्छ । दुवै डिभाईसहरु कनेक्ट भएपछि प्राइमरी डिभाइस बिनानै सेकेण्डरी डिभाइसमा मेसेज पठाउन र पाउन सकिन्छ ।