कीवर्डहरू -

एफवान सफ्ट आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस २ गते हुँदै, अनलाइनबाटै यसरी लिनुहोस् टिकट 

एफवान सफ्ट आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस २ गते हुँदै, अनलाइनबाटै यसरी लिनुहोस् टिकट 

अनलाइनबाटै एफवान सफ्ट आइसिटी आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रमको टिकट खरिद गर्न सकिने भएको छ । आगामी पुस २ गते सोल्टी होटलमा एफवान सफ्ट आईसिटी अवार्डको ग्राण्ड फिनाले हुनेछ ।

उक्त कार्यक्रममा विभिन्न १२ विधामा अवार्ड प्रदान गरिने छ । नेपालकै प्रतिष्ठित टेक अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सरकारी र निजी क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागी रहने छ ।

आइसिटी अवार्डको ग्राण्ड फिनालेको टिकट ३ हजार रूपैयाँ तोकिएको छ । तर मंसिर २६ गतेसम्म टिकट खरिदमा गरेमा २५ सय रूपैयाँमै पाइने छ ।

टिकटको शुल्क इसेवा वा फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने छ । अनलाइनबाटै एफवान सफ्ट आईसिटी अवार्डको टिकट लिन शुरूमा यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि स्क्रोल गर्नुहोस् र तल नाम, फोन नम्बर, इमेल, कम्पनी, डेजिग्नेसन, पेमेन्ट अप्सन र रिफ्रेन्स कोड राखेर सबमिट गरी त्यहाँ दिइएको निर्देशन अनुसार टिकट खरिद गर्न सकिने छ । आइसिटी अवार्ड २०२१ को शीर्ष प्रायोजन एफवान सफ्टले गरेको छ भने सह-प्रायोजक नेपाल टेलिकम र जेनस सोलुसनले गरेका छन् ।

त्यस्तै पावर्ड पार्टनरमा ह्वावे र डिशहोम फाइबरनेट, इन्डोर्स्ड पार्टनरमा नेपाल दूरसञ्चार प्राधिकरण, क्याोगोरी पार्टनर एनसेल, बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

साथै अवार्डलाई प्रेसिडेन्सियल बिजनेस स्कुल, रिसेक्युरिटी, अप्लाई जब, इसेवा मेन्टर ल्याब, एमिनेन्स वेज, डायनामिक टेक्नोसफ्ट, टेक्सास इन्टरनेटसनल कलेज, टेक्नोरियो, हिमालय टेलिभिजन, क्लासि प्रिन्टिङ प्रेस, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, सूचना प्रविधि विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल बैंक, फ्युज मसिन्स, बारकोड नेपाल, नेपाल आन्ट्रप्रेनर्स हब र प्लान्ट नेपाल संस्थाको सहयोग रहेको छ ।