कीवर्डहरू -

मासिक १२५० रूपैयाँमा भायानेटले १७५ एमबिपिएसको इन्टरनेट र टिभी दिने

मासिक १२५० रूपैयाँमा भायानेटले १७५ एमबिपिएसको इन्टरनेट र टिभी दिने

भायानेटले आफ्ना सेवाग्राहीलाई १२ सय ५० रूपैयाँमै १७५ एमबीपीएस इन्टरनेटसहित भायाटिभी दिने भएको छ । कम्पनीले आफ्ना ग्राहकको बढ्दो माग र आवश्यकतालाई ध्यानमा राखेर यस्तो सुविधा ल्याएको जानकारी दिएको छ ।

उच्च गुणस्तरको उच्च स्पिड भएको इन्टरनेटको सेवा प्रदान गर्ने लक्ष्यसहित भयानेटले न्यूनतम मूल्यमा प्रयोगकर्तालाई ‘अल्ट्रा फाई लाइनकाप्रोडक्ट’ योजना ल्याएको जानकारी दिएको छ ।

अल्ट्रा फाईअन्तर्गत, भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीनवटा योजना ल्याएको छ । यस सिरिज्को मुख्य योजना १७५ एमबिपिएसको इन्टरनेट भएको कम्पनीको दाबी छ ।

यो योजना जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउँछ, जसको वार्षिक सदस्यता लिँदा प्रति महिना १२५० पर्न आउँछ ।

यसका साथै यसको साथ भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा एक हजार रिवार्ड अंक प्रदान गर्नेछ ।