कीवर्डहरू -

डिजिटल कारोबारका लागि लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स् बिच सहकार्य

डिजिटल कारोबारका लागि लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स् बिच सहकार्य

लुम्बिनी विकास बैंक लिमिटेडले डिजिटल कारोबारलाई थप स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रालिसँग सम्झौता गरेको जनाएको छ । बैंकसँग आवद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा विभिन्न मर्चेन्ट भुक्तानीजस्ता सम्पूर्ण सेवाहरू उपयोग गर्न पाउने बैंकको दाबी छ ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

‘निरन्तर सहयात्रा’ मूल नारासाथ ३० जिल्लामा ७७ शाखा र १७ वटा एटीएमबाट करिब ३ लाख ग्राहकलाई सुरक्षित बैंकिङ्ग सेवा प्रदान गराउँदै आएको बैंकको दाबी छ ।