कीवर्डहरू -

यसरी हटाउनुहोस् हराएको डिभाइसबाट जिमेल अकाउन्ट 

यसरी हटाउनुहोस् हराएको डिभाइसबाट जिमेल अकाउन्ट 

कहिले काँही कुनै कारणले आफ्नो जिमेल अकाउन्ट लगइन भएको मोबाइल वा अन्य डिभाइस हराएको हुन सक्छ । यस्तो अवस्थामा गूगल अकाउन्ट लग इन भइरहँदा आफ्नो निजी धेरै जानकारीहरु अरूको हातमा पुग्न सक्ने डर हुन सक्छ ।

यस्तो भएमा तपाईले गूगल प्राईभेसी फिचर प्रयोग गरेर जहाँबाट पनि मोबाइल वा अन्य डिभाइसबाट अकाउन्ट लग आउट गर्न सक्नु हुन्छ । यसका लागि तपाईले तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।

सर्वप्रथम प्रयोकर्ताले कुनै पनि ब्राउजरबाट www.google.com मा जानहोस् र त्यसपछि प्रोफाइल आइकनमा क्लिक गर्ने र ‘म्यानेज योर गूगल अकाउन्ट’ अप्सनमा थिच्नुपर्छ । यति गरेपछि ‘सेक्युरिटी’ ट्याबमा जाने र ‘योर डिभाइस’ सेक्सनमा गएर ‘म्यानेज डिभाइस’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसपछि साइन आउट गर्नुपर्ने डिभाइसलाई खोजेर माथिल्लो बायाँ भागमा रहेको तीन ओटा थोप्ला भएको आइकनमा थिचेर साइन आउट अप्सनमा क्लिक गर्नुपर्छ ।

त्यसपछि साइन आउटनै गर्ने हो भनेर पुनः नोटिफिकेसन आउँछ र फेरि साइन आउट भन्ने अप्सनमा थिचेपछि हराएको डिभाइसबाट गूगल लगआउट गर्न सकिन्छ ।