कीवर्डहरू -

एयरट्यागको प्रयोगबाट गाडी चोरी हुन नदिन एन्ड्रोइडका लागि सार्वजनिक भयो ट्रयाकर एप

एयरट्यागको प्रयोगबाट गाडी चोरी हुन नदिन एन्ड्रोइडका लागि सार्वजनिक भयो ट्रयाकर एप

एप्पलले एन्ड्रोइड प्रयोगकर्ताको एयरट्याग प्रयोग गरेर गाडी चोरी हुन नदिनलाई ट्रयाकर डिटेक्ट एप सार्वजनिक गरेको छ । एप्पलको एयरट्याग प्रयोग गरेर गाडी चोरी गर्न थालिएको रिपोर्ट केही दिनअघि सार्वजनिक भएको थियो ।

एप्पलले सन् २०२१ को सुरुवातमा एयरट्याग सार्वजनिक गरेको थियो । यसले हराएको चाबी, झोला आदि खोजिदिनलाई मद्दत पुर्‍याउने गर्दछ । केही दिनअघि क्यानेडाको योर्क पुलिसले एयरट्यागलाई चोरहरुले दुरुपयोग गर्न थालेको बताएको थियो ।

यसअघि क्यानेडामा चोरहरुले एयरट्याग प्रयोग गरेर गाडी चोरी गर्न थालेको पाइएको थियो । चोरहरुले कसैको गाडीमा एयरट्याग छाडिदिएर त्यहीगाडीलाई ट्रयाक गरेर गाडी चालकको घर थाहा पाउने गर्न थालेका छन् । घर थाहा पाएपछि त्यहाँबाट उनीहरुले गाडी चोरेर लैजाने गर्दछन् ।

गत केही महिनामा एयरट्यागकै कारणले ५ ओटा चोरी भइसकेका छन् । आइफोनबाट केही निर्देशनलाई फलो गरेर त्यो एयरट्यागलाई डिसेबल गर्न सकेतापनि एन्ड्रोइड फोन हुनेहरुका लागि भने यस फिचरले काम गर्दैन् थियो ।

सोही कारणले अननोन एयरट्याग पत्ता लगाउनका लागि ट्रयाकर डिटेक्ट एप एप्पलले सार्वजनिक गरेको हो । यसले प्रयोगकर्ताहरुको गोपनीयता बढाउने एप्पलको विश्वास रहेको छ ।