कीवर्डहरू -

निर्मल पुर्जा वर्ल्डलिंकको ब्राण्ड एमबेस्डरमा नियुक्त

निर्मल पुर्जा वर्ल्डलिंकको ब्राण्ड एमबेस्डरमा नियुक्त

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले निर्मल पुर्जालाई ब्राण्ड एमबेस्डरमा नियुक्त गरेको छ । बुधबार आयोजित कार्यक्रमका बीच वल्र्डलिंकले पर्जालाई सद्भावना दूत नियुक्त गरेको हो ।

आठ हजार भन्दा अग्ला विश्वका १४ वटै हिमाल ७ महिनामा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा वर्ल्डलिंकको सद्भावना दूत नियुक्त भएका हुन् ।

पुर्जाको हिमाल आरोहन सम्बन्धि कथामा आधारित भएर तयार पारिएको वृत्तचित्र (डकुमेन्ट्री) ‘फोर्टिन पिक्सः नथिङ ईज ईम्पोसिबल’ केही साता अघि मात्रै नेटफ्लिक्समार्फत विश्वभर सार्वजनिक भएको छ । नोभेम्बर ३० मा सार्वजनिक भएको वृत्तचित्र नेटफ्लिक्सको सर्वाधिक लोकप्रिय मध्येको एक हो ।