कीवर्डहरू -

३० बढी संस्थाको सहकार्यमा आइसिटी अवार्डको ग्राण्ड फिनाले भोलि हुँदै, के के पाउँछन् विजेताले ? 

३० बढी संस्थाको सहकार्यमा आइसिटी अवार्डको ग्राण्ड फिनाले भोलि हुँदै, के के पाउँछन् विजेताले ? 

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले भोलि अर्थात पुस २ गते शुक्रबार आयोजना हुने भएको छ । ३० बढी संस्थाहरूको सहकार्यमा शुक्रबार द सोल्टी होटल काठमाडौंमा छैठौं सम्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले आयोजना हुने भएको हो ।

यस वर्ष ११ विधा र १ जुरी मेन्सनसहित १२ विधामा अवार्ड प्रदान गरिने छ । एफवान सफ्ट आइसिटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत ह्वावे स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१ विधाहरू समावेश भएका छन् ।

यी विधाहरूमा १५० बढीको आवेदन प्राप्त भएको थियो । विभिन्न चरणको छनौट पश्चात् उत्कृष्ट ५ को पब्लिक भोटिङ पनि सञ्चालन गरिएको थियो ।

व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, नेपाल बैंक पायोनियर आइसिटी अवार्ड र एनसेल वुमन आइकन आइसिटी अवार्ड विधाहरू रहेका छन । यि विधाहरूमा १०० बढिको नोमिनेशन प्राप्त भएको थियो ।

संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी अवार्ड र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड विधाहरू समावेश छन् ।
यस वर्ष अवार्डको लागि ४०० बढिको अनलाइन आवेदन प्राप्त भएको थियो भने ४ महिनासम्म छनौट प्रक्रिया सञ्चालन भएको थियो ।
फवान सफ्टले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३० भन्दा बढी संस्थाहरूको सहकार्य रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको सहकार्य रहेको कार्यक्रममा नेपाल टेलिकम र जिनस सोलुसन इन एसोसिएसनमा रहेका छन् ।

विश्व प्रसिद्ध कम्पनी ह्वावे र डिस होम पावर्ड बाईमा रहेका छन् । यसैगरी वुमन आइकन अवार्डलाई सम्मान गरिरहेको एनसेल क्याटेगोरी स्पोन्सर, राष्ट्रिय वाणिज्य बैंक बैंकिङ पार्टनर र प्रेसिडेन्सियल कलेज नलेज पार्टनरमा सहभागी भएका छन् ।

यसैगरी अमेरिकाको प्रसिद्ध साइबर सेक्युरिटी कम्पनी रिसेक्युरिटी, भारतको प्रसिद्ध कम्पनी अपग्राडले कार्यक्रममा सहकार्य गरेको छ । नेपाल बैंक लिमिटेड, फ्युज मेशिन्स, एप्लाईजब, एमिनेन्स वेइज, डाइनामिक इआरपी लगायतको सहकार्य रहेको कार्यक्रम हिमालय टेलिभिजन, डिस होमका विभिन्न च्यानल, विभिन्न अनलाइन र हाम्रोपात्रोमा लाइभ प्रसारण हुनेछ ।

के के पाउँछन् विजेताले ?

आइसिटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिटी अवार्डको सम्मान प्राप्त गर्नेछन् ।

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइीसटी अवार्ड २०२१ का विजेतालाई बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछ । एनसेलले वुमन आइकन आइसिटी अवार्ड विजेतालाई आकर्षक रकम सहित पुरस्कार प्रदान गर्नेछ ।

पावर्र्ड बाई स्पोन्सर ह्वावेले विजेता र उत्कृष्ट ५ मा परेका स्टार्टअपलाई ३ लाखसम्मको ह्वावे क्लाउड सेवा उपलब्ध गराउनेछ । नेपाल टेलिकमले सबै विजेतालाई वर्षको १२० जिबीको डेटा प्याकेज उपलब्ध गराउनेछ भने डिसहोमले उच्चगति फाइबरनेट प्रदान गर्नेछ ।

यसैगरी यी विभिन्न विधाका उत्कृष्टलाई इसेवाले २५ हजार बराबरको आफ्नो विजनेश इन्टिग्रेसन र प्रवद्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिनेछ ।

अन्य कम्पनी तथा सहयोगी संस्थाहरूले स्टार्टअप र इन्नोभेसनका विधामा विभिन्न किसिमले सहयोग, आवश्यक लगानीको लागि अवसर प्रदान गर्नेछन् ।