कीवर्डहरू -

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले शुरू, यसरी हेर्नुहोस् लाईभ

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले शुरू, यसरी हेर्नुहोस् लाईभ

लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले शुरू भएको छ । शुक्रबार दिउँसो देखि द सोल्टी होटेल काठमाडौंमा आईसिटी अवार्डको ग्राण्ड फिनाले शुरु भएको हो ।

आइसिटी अवार्डका संयोजक राजन लम्सालको सभापतित्वमा शुरू भएको ग्राण्ड फिनाले कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थिति रहेको छ । प्रविधिको प्रयोग मार्फत पानसमा बत्ति बालेर प्रमुख अतिथि कार्कीले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ ढकाल, राष्ट्रिय योजना आयोहका सदस्य रामकुमार फुँयाल, नास्टका अध्यक्ष सुनिल बाबु श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्य, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरूङको उपस्थिति रहेको छ ।

कार्यक्रममा अतिथिको रूपमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल, राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टिका ढकाल, प्रा. डा सुवर्ण शाक्य, प्रा. डा. मनिष पोखरेल, टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी, सूचना प्रविधि विभागका निर्देशक प्रेम शरण श्रेष्ठ, क्यान महासंघका अध्यक्ष नवराज कुँवर, नेपाल बैंक लिमिटेडका सीईओ कृष्ण अधिकारी, राष्ट्रिय वाझिन्य बैंकका सीईओ किरण कुमार श्रेष्ठ, नबिल बैंकका सीईओ अनिल केशरी शाह लगायतको उपस्थिति रहेको छ ।

साथै सूचना प्रविधि क्षेत्रका विभिन्न अग्रज व्यक्ति, सहकार्य संस्थाका प्रतिनिधि, सूचना प्रविधि कम्पनीका प्रतिनिधि, पत्रकार तथा सूचना प्रविधि प्रेमीहरूको उपस्थिति रहेको छ ।

कार्यक्रम हिमालय टेलिभिजन, हाम्रो पात्रो, लिभिङ विथ आइसिटी र आइसिटी समाचारको फेसबुक पेज तथा आइसिटी अवार्डको फेसबुक पेज र युट्युब च्यानलबाट पनि लाईभ भइरहेको छ ।

एफवान सफ्टले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३० भन्दा बढी संस्थाहरूको सहकार्य रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको सहकार्य रहेको कार्यक्रममा नेपाल टेलिकम र जिनस सोलुसन इन एसोसिएसनमा रहेका छन् ।

विश्व प्रसिद्ध कम्पनी ह्वावे र डिस होम पावर्ड बाईमा रहेका छन् । यसैगरी वुमन आइकन अवार्डलाई सम्मान गरिरहेको एनसेल क्याटेगोरी स्पोन्सर, राष्ट्रिय वाणिज्य बैंक बैंकिङ पार्टनर र प्रेसिडेन्सियल कलेज नलेज पार्टनरमा सहभागी भएका छन् ।

यसैगरी अमेरिकाको प्रसिद्ध साइबर सेक्युरिटी कम्पनी रिसेक्युरिटी, ज्योति लाईफ इन्स्योरेन्स र भारतको प्रसिद्ध कम्पनी अपग्राडले कार्यक्रममा सहकार्य गरेको छ । नेपाल बैंक लिमिटेड, फ्युज मेशिन्स, एप्लाईजब, एमिनेन्स वेइज, डाइनामिक इआरपी लगायतको सहकार्य रहेको कार्यक्रम हिमालय टेलिभिजन, डिस होमका विभिन्न च्यानल, विभिन्न अनलाइन र हाम्रोपात्रोमा लाइभ प्रसारण हुनेछ ।

के के पाउँछन् विजेताले ?

आइसिटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिटी अवार्डको सम्मान प्राप्त गर्नेछन् ।

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइीसटी अवार्ड २०२१ का विजेतालाई बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछ । एनसेलले वुमन आइकन आइसिटी अवार्ड विजेतालाई आकर्षक रकम सहित पुरस्कार प्रदान गर्नेछ ।

पावर्र्ड बाई स्पोन्सर ह्वावेले विजेता र उत्कृष्ट ५ मा परेका स्टार्टअपलाई ३ लाखसम्मको ह्वावे क्लाउड सेवा उपलब्ध गराउनेछ । नेपाल टेलिकमले सबै विजेतालाई वर्षको १२० जिबीको डेटा प्याकेज उपलब्ध गराउनेछ भने डिसहोमले उच्चगति फाइबरनेट प्रदान गर्नेछ ।
जेनेस सोलुसनले सबै विजेतालाई क्लाउड कन्सल्टीङ सेवा उपलब्ध गराउने भने डिजिटल एजुकेसन आइसिटी अवार्ड विजेतालाई एक वर्षका लागि जुमको लाइसेन्स उपलब्ध गराउने छ ।

यसैगरी यी विभिन्न विधाका उत्कृष्टलाई इसेवाले २५ हजार बराबरको आफ्नो विजनेश इन्टिग्रेसन र प्रवद्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिनेछ ।

अन्य कम्पनी तथा सहयोगी संस्थाहरूले स्टार्टअप र इन्नोभेसनका विधामा विभिन्न किसिमले सहयोग, आवश्यक लगानीको लागि अवसर प्रदान गर्नेछन् ।