कीवर्डहरू -

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२१ प्रशन्न ढुंगेललाई

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२१ प्रशन्न ढुंगेललाई

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२१ प्रशन्न ढुंगेललाई प्रदान गरिएको छ । शुक्रबार सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा ढुंगेललाई नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२१ प्रदान गरिएको हो ।

विदेशमा रहेर नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष यस विधामा १५ देशबाट २५ बढीको आवेदन प्राप्त भएको थियो । ढुंगले विदेशमा रहेकाले उनको पाएको अवार्ड उनको प्रतिनिधित्व गर्दै सविन श्रेष्ठ लिएका थिए ।

सूचना प्रविधिको क्षेत्रमा परिचित नाम हो, प्रशन्न ढुंगेल । उनी डेटा मोडेल विशेषज्ञ हुन् । यस क्षेत्रमा उनको १७ वर्षभन्दा बढीको अनुभव रहेको छ । प्रशन्न ढुंगेल ग्रोबाई डेटाका सह-संस्थापक समेत हुन् । ग्रोबाई डेटा मार्केटिङ इन्टेलिजेन्स कम्पनी हो । जसले डेटाको प्रयोग गरी कुनै पनि ब्राण्ड वा एजेन्सीलाई ग्रोथ गर्न सघाउँछ ।

ग्रोबाई डेटा नेपालको फास्टेस्ट डेटा फर्म हो । उनले अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट ब्याचलर्समा इलेक्ट्रीकल इन्जिनियरिङ अध्ययन गरेका छन् । भने अमेरिकाकै प्रिन्सटन विश्वविद्यालयबाट इलेक्ट्रीकल इन्जिनियरिङमा मास्टर्स गर्नुभएको छ । साथै उनले  अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयबाट फाइनान्स, अकाउन्टिङ र मार्केटिङमा एमबीए अध्ययन गरेका छन् ।