कीवर्डहरू -

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ गुण केशरी प्रधानलाई प्रदान

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ गुण केशरी प्रधानलाई प्रदान

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ गुण केशरी प्रधानलाई प्रदान गरिएको छ । शुक्रबार सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा प्रधानलाई वुमन आइकन आइसिटी अवार्ड २०२१ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष यस विधामा ३० बढीको आवेदन प्राप्त भएको थियो । वुमन आइकन विजेतालाई एनसेलले ३ लाख रूपैयाँ नगद प्रदान गरेको छ ।

गुणकेशरी प्रधान मानन्धर नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर हुन् । नेपालको आईटी क्षेत्रमा ३५ वर्ष लामो योगदान गरेकी प्रधानसँग नेपाल टेलिकम र सरकारी संस्थामा मात्रै करिब ३१ वर्ष काम गरेको अनुभव छ । उनको करियर नेपाल टेलिकमको कम्प्युटर इन्जिनियरको रूपमा शुरू भएको थियो ।

प्रधानले आईसिटी क्षेत्रमा करियर बनाउन युवा र महिलालाई उत्प्रेरित गरिरहेकी छन् । विभिन्न किसिमका सूचना प्रविधि सम्बन्धि जनचेतना कार्यक्रम र आधारभूत कम्प्युटर कोर्षमा समेत उनी सक्रिय छिन् । प्रधान अहिले वुमन इन इन्फर्मेसन टेक्नोलोजीको अध्यक्ष तथा क्यान महासंघको सदस्य छन् ।

यसअघि उनले नेपाल टेलिकमको निर्देशक पदमा समेत काम गरिसकेकी छन् । प्रधान हाल नेपाल टेलिकमबाट अवकाश पाइसकेकी छन् । प्रधान नेपाल इन्जिनियरिङ एशोसिएसन र मित्र कुञ्जकी आजिवन सदस्य समेत हुन् ।