कीवर्डहरू -

आइसिटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पुर्‍याउँछः सञ्चारमन्त्री

आइसिटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पुर्‍याउँछः सञ्चारमन्त्री

नयाँ सोच र प्रविधिको विकासमा आइसिटी अवार्डले सहयोग पुर्‍याउने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।

शुक्रबार द सोल्टी होटेलमा काठडौंमा आयोजना भएको आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भएका कार्कीले आइसिटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पुर्‍याउने बताए ।

कार्यक्रममा बोल्दै उनले आइसिटी क्षेत्रमा काम गर्ने युवालाई आइसिटी अवार्डले प्रोत्साहन र प्रतिभा प्रष्फुटनमा मद्दत पुर्‍याउने बताए ।

सूचना प्रविधिको सही प्रयोग गर्नु अहिलेको चुनौती रहेको बताए । कार्कीले सूचना प्रविधिको विकासमा सरकारले समेत काम गरिरहेको जानकारी दिए ।

साथै उनले सूचना प्रविधि क्षेत्रका सरोकारवालासँग यस क्षेत्रको विकास र विस्तारका लागि छलफल गर्न मन्त्रालय तयार रहेको समेत बताए ।