कीवर्डहरू -

प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई

प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई

प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा मिखालाई प्रडक्ट आइसिटी अवार्ड २०२१ प्रदान गरिएको हो ।

मिखा नयाँ पुस्ताको भिडियो कोलाबोरेसन प्रडक्ट हो । यसले भर्चुअल रुपमा ग्राहकहरूसँग सम्पर्कमा रहन फेस-टु-फेस सेवा पनि प्रदान गर्छ । खुला एपीआईको कारण प्रडक्टलाईलाई विएफएसआई उद्योग विशिष्ट आवश्यकताहरू अनुसार कस्टोमाईज गरेर कुनै पनि संख्यामा प्रयोग केसहरूमा विस्तार गर्न सकिन्छ ।

मिखा एक डिजिटल प्लेटफर्म हो, जसले ग्राहकहरूलाई भर्चुअल शाखा अनुभव प्रदान गर्न र लगभग सबै बैंकिङ कारोबारहरू भर्चुअल रुपमै गर्न दिन्छ । बहु-सहभागी भिडियो कलहरू, अनुहार पहिचान गर्ने प्रणाली, एकीकरण, हस्ताक्षर प्रमाणीकरण, भौगोलिक स्थान, र क्लाउड/अन-प्रेम रेकर्डिङ जस्ता केही महत्त्वपूणर् सुविधाहरू मिखामा रहेका छन् ।

यो कस्टोमाईज गरेर प्रयोग गर्न सकिन्छ । कम्पनीले स्वास्थ्य, शिक्षा, खुद्रा, वित्त, सरकार, र एसएएएस लगायतका विभिन्न उद्योगहरूसँग सहकार्य गर्ने लक्ष्य राखेको छ ।