कीवर्डहरू -

ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान

ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान

ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा खेति भेञ्चरलाई स्टार्टअप आइसिटी अवार्ड २०२१ प्रदान गरिएको हो ।

यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । जस अनुसार यस वर्षको स्टार्टअप विधामा ५० बढीको नोमिनेसन प्राप्त भएको थियो ।

खेती भेन्चर नेपालको कृषि-खाद्य-टेक इकोसिस्टम र अन्य विकासोन्मुख अर्थतन्त्रहरूमा अग्रणी परिवर्तन निर्माता बनेर दिगो खाद्य प्रणालीमा योगदान पुर्‍याउने लक्ष्यका साथ स्थापना भएको कम्पनी हो ।

खेती भेन्चरको खेती फुड डटकमबाट अनलाइन फलफुल तथा फुड अर्डर गर्न सकिन्छ । कम्पनीले खेती फार्म एप पनि सञ्चालनमा ल्याएको छ ।

जसले बीउ, मल, कीट जाल, आदि जस्ता कृषि इनपुट आपूर्तिहरूको ट्रयाक गर्ने र पारदर्शी मूल्य निर्धारण गर्ने गर्दछ । हाल काठमाडौं र पोखरामा सेवा दिइरहेको कम्पनीले ३० जनाभन्दा बढीलाई रोजगारी दिएको छ ।