कीवर्डहरू -

टीभीएसले सार्वजनिक गर्याे स्पोर्टी मोटरसाइकल ‘रेडर’

टीभीएसले सार्वजनिक गर्याे स्पोर्टी मोटरसाइकल ‘रेडर’

टीभीएस मोटर्सको स्पोर्टी मोटरसाइकल ‘रेडर १२५’ सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलस्थित आफ्नो शोरुमबाट शुक्रबार उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।

टीभीएस रेडर १२५ सीसी यूवा लक्षित अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल भएको कम्पनीले दाबी गरेको छ ।  स्पोर्टी रेडरमा एलसीडी डिजिटल स्पिडोमिटरका साथै थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

बुटवलमा आयोजित कार्यक्रममा सप्तरंग ३ का गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारीले संयुक्त रुपमा मोटरसाइकल सार्वजनिक गरेका थिए  ।