कीवर्डहरू -

रियलमी जिटी नियो २ डिएक्सओ मार्क ब्याट्री जाँचको दोस्रो स्थानमा पर्न सफल 

रियलमी जिटी नियो २ डिएक्सओ मार्क ब्याट्री जाँचको दोस्रो स्थानमा पर्न सफल 

रियलमी जिटी नियो २ ले डिएक्सओ मार्क ब्याट्री जाँचमा ९४ अंक ल्याउँदै विश्वव्यापी स्मार्टफोन बजारमा दोस्रो स्थानमा आएको छ ।

यो परिक्षणमा आईफोन १३ प्रो म्याक्स र शाओमी ११ टी प्रो लाई  रियलमी जिटी नियो २ ले पछि पार्न सफल भएको हो । स्मार्टफोनका साथै अन्य उपभोक्ता विद्युतीय उपकरणहरुको गुणस्तर मूल्याङ्कन गर्ने डिएक्सओ मार्क अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक स्वतन्त्र फ्रान्सेली प्रविधि कम्पनी हो ।

रियलमी जिटी नियो २  लाई तीनवटा परिक्षणहरुमा मापन गरिएको थियो र यो स्मार्टफोन सबै श्रेणीहरुमा उत्कृष्ट ३ भित्र पर्न सफल भएको थियो ।

स्मार्टफोनले अटोनोमीमा प्रथम (कति समय ब्याट्री टिक्छ वा “ब्याट्री लाइफ”),चार्जिङ मा उत्कृष्ट तीन (चार्ज हुन कति समय लाग्छ) र ईफिसियन्सीमा (चार्ज वा डिस्चार्ज हुँदा फोनले कति पावर खान्छ)  उत्कृष्ट दुईमा पर्न सफल भएको छ ।