कीवर्डहरू -

पुस ११ देखि बीएससी सीएसआईटीको प्रवेश परीक्षाको आवेदन अनलाइनबाटै दिन सकिने, यस्तो छ तरिका 

पुस ११ देखि बीएससी सीएसआईटीको प्रवेश परीक्षाको आवेदन अनलाइनबाटै दिन सकिने, यस्तो छ तरिका 

चार वर्षे कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयमा २०७८ सालको नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको आवेदन फाराम खुल्ला हुने भएको छ । आगामी पुस ११ गतेदेखि अनलाइन आवेदन फाराम खुल्ला हुने भएको हो ।

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले सोमबार एक सूचना प्रकाशित गर्दै बीएससी सीएसआईटीको प्रवेश परीक्षाको आवेदन फाराम पुस ११ गतेदेखि माघ ४ गतेसम्म खुल्ला हुने जानकारी दिएको छ ।

आवेदक स्वयंले https://www.entrance.tuiost.edu.np/ मा गएर अनलाइनबाटै आवेदन दिन सकिने छ । यो वेबसाइट पुस ११ गते बिहान १० बजेदेखि सञ्चालन हुनेछ ।

साथै डबल दस्तुर तिरेर माघ ५ गतेदेखि माघ ११ गतेसम्म आवेदन फाराम बुझाउन सकिने छ । प्रवेश परीक्षाको शुल्क १५ सय रूपैयाँ तोकिएको छ । प्रवेश परीक्षाको मिति, समय र केन्द्र पछि तोकिने संस्थाले जनाएको छ ।

यस्तो छ सूचना

\"\"