कीवर्डहरू -

डक टू बटम फिचरमा काम गर्दै गूगल म्याप, कस्तो हो यो फिचर ?

डक टू बटम फिचरमा काम गर्दै गूगल म्याप, कस्तो हो यो फिचर ?

गूगल म्यापले डक टू बटम फिचर काम गरिरहेको एक रिपोर्टले देखाएको छ । सर्च इन्जिन राउन्डटेबलको एक रिपोर्ट अनुसार गूगल म्यापले डक टू बटम फिचर काम गरिरहेको छ ।

रिपोर्टका अनुसार यो फिचर निलो रंगको डक टु बटन देख्न सकिन्छ । यसले कुनै पनि ठाउँको ठेगानालाई डक गरेर राख्न सकिन्छ, जसलाई पछि प्रयोग गर्दा सजिलै खोलेर हेर्न सकिन्छ ।

यो फिचर अहिलेका लागि केही पिसी प्रयोगकर्ताले मात्रै प्राप्त गरेका छन् ।  यो बटन स्क्रीनको तल्लो भागबाट पाउन सकिन्छ ।

तर यो फिचर स्मार्टफोन वा ट्याबलेटमा आउँछ की आउँदैन् त्यो भने अझै स्पष्ट भइसकेको छैन् । यो फिचरको बारेमा गूगलले केही पनि बताएको छैन् ।