कीवर्डहरू -

सामुदायिक विद्यालयमा इन्टरनेट पुर्‍याउँदै एनटीए, छुटेका स्थानीय तहलाई सम्झौता गर्न आग्रह

सामुदायिक विद्यालयमा इन्टरनेट पुर्‍याउँदै एनटीए, छुटेका स्थानीय तहलाई सम्झौता गर्न आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी आधारभूत सामुदायीक विद्यालयमा २० एमबीपीएसको ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्दैछ ।

जस अनुसार प्राधिकरणले भूकम्पबाट प्रभावित ८ र काठमाडौं उपत्यका बाहेकका जिल्लाका सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक विद्यालय र सामुदायीक स्वास्थ्य संस्थामा स्तर उन्नती गर्न तथा आधारभूत सामुदायिक विद्यालयमा कम्तिमा २० एमबीपीएसको इन्टरनेट जडान गर्न ३३८ स्थानीय तहसँग सम्झौता गरेको छ ।

७३२ स्थानीय तहमध्ये हालसम्म ३३८ स्थानीय तहसँग मात्रै सम्झौता भएको छ भने बाँकीसँग सम्झौता भएको छैन् । प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै बाँकी छुटेका स्थानीय तहलाई १ महिनाभित्र समझदारी पत्रमा हस्ताक्षरका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।

१ महिनाको समयसिमा भित्र समझदारी पत्रमा हस्ताक्षरका लागि सम्पर्कमा आउने स्थानीय निकायहरूको सूचीलाई अन्तिम मानी इन्टरनेट विस्तार गरिने प्राधिकरणले जनाएको छ ।