कीवर्डहरू -

वाच ओएसको नयाँ अपडेटमा चार्जिङको समस्या

वाच ओएसको नयाँ अपडेटमा चार्जिङको समस्या

केही एप्पल वाच प्रयोगकर्ताले आफ्नो वाचलाई वाच ओएस ८.३ मा अपडेट गरेपछि चार्जिङ बग भेटिएको पाइएको छ । प्रयोगकर्ताले आफ्नो वाचमा अपडेट इन्स्टल गरेपछि राम्ररी चार्ज नभएको बताएका छन् ।

बग फिक्स गर्नै ल्याएको वाच ओएस ८.३ ले समस्या समाधान गर्नु सट्टा नयाँ बग लयाइदिएको छ । कुनै तेस्रो पक्षीय चार्जरमा जोड्दा चार्ज नभइरहेको प्रयोगकर्ताहरुले पाएका छन् ।

एप्पल वाच २ प्रतिशतसम्म चार्ज भएर पूर्ण रुपमा बनद हुने गर्दछ । केहीले त चार्जरमा जोड्दा झनै चार्ज कम हुँदै गएको पनि गुनासो राखेका छन् । एप्पलले यस समस्या बारे केही पनि बताएको छैन् ।