सिद्धार्थ बैंक लिमिटेडले १९ औं वार्षिकोत्सव अवसरमा ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यसाथ ‘क्यासब्याक’ योजना ल्याएको छ ।
योजनाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्नसक्ने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यो योजनाअन्तर्गत पाचौँ कारोबार रकमको ५ प्रतिशत (अधिकतम १००), १० औं कारोबार रकमको १० प्रतिशत (अधिकतम १५०) र १५ औं कारोबार रकमको १५ प्रतिशत (अधिकतम २५० रुपैयाँ) ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् ।
यस योजनाले ग्राहकहरूलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।