कीवर्डहरू -

प्रतिबन्धित कन्टेन्ट राखेको भन्दै गूगललाई ११ अर्ब जरिवाना

प्रतिबन्धित कन्टेन्ट राखेको भन्दै गूगललाई ११ अर्ब जरिवाना

रुसले गूगललाई प्रतिबन्धित कन्टेन्ट राखेको भन्दै ११ अर्ब रुपैयाँ जरिवाना तिराउने भएको छ । धेरै पटक भन्दा पनि गूगलले अनैतिक कन्टेन्ट डिलिट नगरेको भन्दै रुसले यस्तो जरिवाना तिराउने भएको हो ।

रुसी अदालतले मेटालाई पनि यही प्रतिबन्धित कन्टेन्ट डिलिट नगरेको भन्दा ३ अर्ब रुपैयाँको जरिवाना तिराएको छ । रोयटर्सका अनुसार मेटाले करिब २ हजार ब्यान गरिएको सामाग्रीहरु हटाएको छैन् र गूगलले २६०० ओटा अनैतिक कन्टेन्ट ।

यसमा मादक पदार्थको प्रयोग बारे पोस्ट, हातहतियार र बम कसरी बनाउने विधि वा आतकंवादी गतिविधि प्रोत्साहन गर्न सक्ने कन्टेन्टहरु रहेका थिए ।

समलिगीं विषयहरुको उठान प्रति पनि रुसी सरकारलाई समस्या रहेको छ । गूगलले अदालतले पठाएको कागजातहरुलाई रिभ्यू गर्ने बताएको छ ।