कीवर्डहरू -

अश्लीलता फैलाउने भिडियो राख्ने युट्युबर पक्राउ

अश्लीलता फैलाउने भिडियो राख्ने युट्युबर पक्राउ

सामाजिक सञ्जाल युट्युवमा अश्लील भिडियो राख्ने एक युट्युबर पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका-१ खापापानी स्थायी घर भई काठमाडौं महानगरपालिका-३१ अनामनगर बस्‍दै आएका रामबहादुर मल्ल रहेका छन् ।

मल्लले साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण गरेको साइबर ब्‍यूरोले जनाएको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत आइतबार अनामनगरबाट पक्राउ परेका मल्ललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको ब्‍यूरोका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले बताए ।