कीवर्डहरू -

सीटीसी मलमा रियलमीको आधिकारिक सर्भिस सेन्टर, ग्राहकलाई ३० प्रतिशतसम्म छुट

सीटीसी मलमा रियलमीको आधिकारिक सर्भिस सेन्टर, ग्राहकलाई ३० प्रतिशतसम्म छुट

रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर काठमाडौंको सुन्धारा स्थित सिटिसि मलमा खोलेको छ । रियलमीले सर्भिस सेन्टर खोलेको अवसरमा विभिन्न अफरहरु पनि उपलब्ध गराएको छ ।

अफर अन्तर्गत ग्राहकले २ हप्ताको लागि २ वर्ष भन्दा पूराना वारेन्टी सकिएको मोडलहरुमा ३० प्रतिशतसम्म छुट, वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १० प्रतिशत छुट, निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयर सुविधा पाउनेछन् ।

यो आधिकारिक सर्भिस सेन्टरबाट बिहान १० बजे देखि बेलुका ६ बजेसम्म सेवा लिन सकिनेछ । यस सर्भिस सेन्टर सिटिसि मलको ५ औं तल्लामा रहेको छ ।