कीवर्डहरू -

हाई टेक क्लासरूम बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र

हाई टेक क्लासरूम बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र

राष्ट्रिय आविष्कार केन्द्रले हाई टेक क्लासरूम बनाइरहेको छ । केन्द्रले उच्च प्रविधि युक्त कक्षा कोठा अर्थात हाई टेक क्लासरूम काम लगभग अन्तिम चरणमा पुर्‍याएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले हाई टेक क्लासरूमको काम लगभग सकिने लागेको जानकारी दिए ।

‘यसलाई प्रभावकारी रुपमा विकास, परीक्षण र विस्तार गर्नको लागि बिज्ञहरुको आइडिया र थप अनुसन्धानहरु गर्नु पर्छ,’ उनले फेसबुकमा पोष्ट गर्दै भनेका छन, ‘ईच्छा हुने र आइडिया हुनेहरु सबैलाई केन्द्रमा आएर छलफल र अनुसन्धान गर्न स्वागत छ ।’

निरन्तर रुपमा विकास भएर बजारमा उपलब्ध हुने विभिन्न किसिमका प्रविधिहरु ल्याएर पठन पाठनको लागि परीक्षण गर्न, पढाउनको लागि चाहिने शैक्षिक विषय वस्तुहरुको विकास गर्न र शिक्षण र सिकाइको व्यवस्थापन गर्ने सिस्टमको विकास गर्न कुराहरुको अनुसन्धान र विकास केन्द्रमा गरिने उनी बताउँछन् ।

यो कक्षा कोठा एउटा नमुनाको रुपमा विकास गरिदैछ । विद्यालयहरु र स्थानीय सरकारहरुले पनि यस्तै किसिमको कक्षा कोठा आफ्नो क्षेत्रमा निर्माण गर्न सक्ने पुनको भनाइ छ । यसका लागि टेक्निकल सहयोग राष्ट्रिय आविष्कार केन्द्रले उपलब्ध गराउने छ ।

यस कक्षा कोठाको आन्तरिक सजावट गर्न र फर्निचर सहित केहि सामानहरु किन्न इजरायली दुतावासले स्व-ईच्छाले नै सहयोग गरेको छ । आवश्यकता अनुसार अरु प्रविधिहरु भविष्यमा केन्द्रले थप्दै जाने जनाइएको छ ।