कीवर्डहरू -

स्न्यापड्रयागन ८ जेन वान प्रोसेसर प्रयोग भएको विश्वमै पहिलो फोन साओमी १२ सिरिज सार्वजनिक

स्न्यापड्रयागन ८ जेन वान प्रोसेसर प्रयोग भएको विश्वमै पहिलो फोन  साओमी १२ सिरिज सार्वजनिक

साओमीले विश्वमै पहिलो पटक स्नापड्रागन ८ जेन वान चिप भएको साओमी १२ सिरिज सार्वजनिक गरेको छ । यो सिरिज अहिलेका लागि चीनमा मात्रै उपलब्ध रहेको छ ।

यो  साओमी १२ र साओमी १२ प्रो गररेर दुई आकारमा आउने गर्दछ । दुवै मोडेलमा एलपीडिडिआर फाइभ र्याम प्रयोग गरिएको छ ।

साओमी १२ स्मार्टफोनमा ४५०० एमएएच ब्याट्री रहेको छ । त्यस्तै साओमी १२ प्रोमा भने कम्पनीको अनुसार पहिलो सिंगल सेल १२० वाटको ४६०० एमएएच ब्याट्री रहेको छ ।

स्मार्टफोनमा सोनीको आइएमएक्स ७६६ मोडेलको ५० मेगापिक्सेलको मेन क्यामेरा रहेको छ । त्यस्तै फोनमा १३ मेगापिक्सेलको अल्ट्रा वाइड एगंल पनि रहेको छ र ५ मेगापिक्सेलको टेलिम्याक्रो सेन्सर रहेको छ । दुवैको फ्रन्ट क्यामेरा ३२ मेगापिक्सेलको रहेको छ । कम्पनीका अनुसार दुवै डिभाइसमा नाइट मोड रहेको छ ।

क्यामेरा कम प्रकाशमा पनि राम्रोसँग काम गर्न सक्छ । साओमी १२ स्मार्टफोनमा ६.२८ इन्चको ओएलइडी डिस्प्ले भएको स्क्रीन रहेको छ । त्यस्तै प्रोमा ६.७३ इन्चको एएमओएलइडी स्क्रीन रहेको छ ।

दुवै डिभइसमा एजडीआर १० प्लस र डोल्बी भिजन रहेका छन् । यो आज देखि विक्रिमा गएको छ र नेपालमा साओमी १२  करिब ६९ हजार रुपैयाँ तथा साओमी १२ प्रोको  ८७ हजार रुपैयाँ पर्ने अनुमान गर्न सकिन्छ ।