कीवर्डहरू -

सानिमा बैंकको मोबाइल एपबाट कारोबार गर्दा विदेश भ्रमणसँगै आईफोन १३ जित्ने अवसर

सानिमा बैंकको मोबाइल एपबाट कारोबार गर्दा विदेश भ्रमणसँगै आईफोन १३ जित्ने अवसर

नयाँ वर्षको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि ‘सानिमा सजिलो इ–बैंकिङ’ योजना सार्वजनिक गरेको छ ।

सानिमा सजिलो इ–बैंकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरू जित्न सकिने बैंकले जनाएको छ । मोबाइल एप निर्माता एफ वन सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा ३ विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली– इन्डोनेसिया भ्रमण र ५ जनाले पोखरा भ्रमण पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, पहिलोपटक कारोबार गर्ने १० जनाले प्रत्येक दिन १ सय क्यास ब्याक पनि प्राप्त गर्न सक्नेछन् । यस योजनामा सहभागी हुनको लागि  ग्राहकहरुले सानिमा बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो इ–बैंकिङ प्रयोग गरी महिनामा कम्तीमा १५ वटा कारोबार गरेको हुनुपर्छ ।

यो योजना पुष १७ गतेदेखि (जनवरी १) देखि चैत ८ (मार्च २२) सम्म लागू हुनेछ । सानिमा बैंकको देशभर १ सय १९ वटा कार्यालय र ९७ वटा एटिएम सञ्चालनमा रहेका छन् ।