कीवर्डहरू -

एकीकृत राष्ट्रिय आइसिटी नीति बनाउँदै दूरसञ्चार प्राधिकरण

एकीकृत राष्ट्रिय आइसिटी नीति बनाउँदै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत राष्ट्रिय आइसिटी नीति बनाउने भएको छ । त्यसका लागि प्राधिकरणले एक सूचना प्रकाशित गर्दै परामर्शदाताबाट आशयपत्र माग गरेको छ ।

प्राधिकरणले एकीकृत राष्ट्रिय आइसिटी नीतिको मस्यौदा विकासका लागि राष्ट्रियस्तरमा परामर्शदाता माग गरेको हो ।

इच्छुक परामर्शदाताले आशयपत्रको डकुमेन्ट प्राधिकरणको कार्यालय वा वेबसाइटबाट पाउन सक्नेछन् । इच्छुक परामर्शदाताले आउँदो जनवरी १४ सम्म आशयपत्र पेश गर्न सक्नेछन् ।

प्राप्त आशयपत्रको मूल्यांकन ५० प्रतिशत योग्यता, ४० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा गरिने प्राधिकरणले जनाएको छ ।

आशयपत्र मूल्यांकनका आधारमा शर्ट लिष्ट भएका फर्महरूलाई प्राविधिक र वित्तिय प्रस्तावका लागि बोलाइनेछ । आशयपत्रमा पास हुन कम्तिमा ६० अंक ल्याउनुपर्नेछ ।