कीवर्डहरू -

डिजिटल वालेट पे वेलबाट अब एक महिनासम्म निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने

डिजिटल वालेट पे वेलबाट अब एक महिनासम्म निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने

डिजिटल वालेट पे वेलबाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको छ सन् २०२१ को पहिलो महिना अर्थात जनवरीभरि पे वेलबाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको हो ।

पे वेलबाट नेपालका १५ भन्दा बढी बैंकमा रकम ट्रान्सफर गर्न सकिन्छ । पे वेल नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्था हो ।

यसबाट घरमै बसेर मोबाइलको रिचार्ज, टेलिफोनको बिल, इन्टरनेटको बिल, टेलिभिजन च्यानलको बिल तिर्न सकिन्छ । यी बाहेक पे वेलबाट राजस्व लगायत अन्य डिजिटल भुक्तानी समेत गर्न सकिन्छ ।