कीवर्डहरू -

स्टार्टअपलाई बागमती प्रदेशले आर्थिक सहयोग गर्ने, माग्यो अवधारणपत्र

स्टार्टअपलाई बागमती प्रदेशले आर्थिक सहयोग गर्ने, माग्यो अवधारणपत्र

बागमती प्रदेशलाई स्टार्टअपलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तन सम्बन्धि अवधारणापत्र पेश गर्न आह्वान गरेको छ ।

यसका लागि बागमती प्रदेशले युवा वैज्ञानिक प्रोत्साहन कोष स्थापना गरेको छ । मन्त्रालयका अनुसार प्रतिभाशाली युवा वैज्ञानिक वा नवप्रवर्तकहरूलाई प्रदेशको समृद्धिका लागि आवश्यक अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासका साथै प्रोटोटाइप समेत विकास गर्न इच्छुकले आवधारणा पत्र पेश गर्न सक्नेछन् ।

प्रदेश भित्र कृषि, उद्योग, पर्यटन, जलवायु तथा वातावरण, जैविक विविधता, जनस्वास्थ्य, जीव प्रविधि, सूचना प्रविधि, इन्जिनियरिङ, यातायात, नवीकरणीय उर्जा र विद्युत संग्रह विषयमा अवधारणपत्र पेस गर्न सकिने छ ।

इच्छुकले यहाँ क्लिक गरी आफ्नो अवधारणापत्र पठाउन सक्नेछन् । अवधारणापत्र पेश गर्न युथ साइन्टिष्ट पोर्टल २४ सै घण्टा खुल्ला रहेको मन्त्रालयले जानकारी दिएको छ ।

साथै अवधारणा पत्र इमेल पनि गर्न सकिने छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् । अवधारणापत्रको ढाँचा, पेस गर्नुपर्ने कागजात एवं शर्तहरू सम्बन्धि जानकारी युथ साइन्टिष्ट पोर्टलमा दिइएको छ । छनोट भएका प्रस्तावहरूलाई अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासका लागि कोषले आर्थिक सहायता प्रदान गर्नेछ ।

\"\"