कीवर्डहरू -

सन् २०२२ को पहिलो स्मार्टफोनः वानप्लस १० प्रो, कस्ता छन् फिचर ?

सन् २०२२ को पहिलो स्मार्टफोनः वानप्लस १० प्रो, कस्ता छन् फिचर ?

वानप्लस १० प्रो सन् २०२२ को पहिलो फोनको रुपमा सार्वजनिक हुने भएको छ ।  वानप्लस १० प्रो सन् २०२२ को जानवरी ११ मा सार्वजनिक हुने भएको हो ।

विबो मार्फत वानप्लसका सहसंस्थापक पिट लाउले गत महिना वानप्लस १० प्रो स्मार्टफोन सार्वजनिक हुने जानकारी दिएका थिए ।

अहिलेसम्म धेरैजसो कम्पनीले मार्च वा अप्रिलमा मात्रै स्मार्टफोन सार्वजनिक गर्ने गर्दथ्यो तर यो वर्ष भने कम्पनीले पहिलेनै स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा एन्ड्रोइड १३ अपरेटिङ सिस्टम प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

फोनमा ह्यासलब्याड क्यामेरा प्रयोग गरिएको हुनेछ र फोनको स्क्रीन ६.७ इन्चको क्यूएचडी प्लस डिस्प्लेका साथमा आउनेछ । यसमा १२० हर्जको रिफ्रेस रेट पनि रहनेछ ।

स्मार्टफोनले क्वालकम स्नापड्रागन ८ जेन १ चिपसेट प्रयोग गर्नेछ । क्यामेरामा पिटूडि ५० टि पनि लेखिएको छ जसको अर्थ अहिलेसम्म पत्ता लागेको छैन् ।