कीवर्डहरू -

हल्ट प्राइज आईओईको दोस्रो अभिमुखीकरण कार्यक्रम सम्पन्न 

हल्ट प्राइज आईओईको दोस्रो अभिमुखीकरण कार्यक्रम सम्पन्न 

हल्ट प्राइज आईओईको दोस्रो अभिमुखीकरण कार्यक्रम थापाथली क्याम्पसमा सम्पन्न भएको छ । पुष १८ गते थापाथली क्याम्पस परिसरमा अमेसियनको सहयोगमा उक्त कार्यक्रम भएको थियो ।

थापाथली क्याम्पसबाट प्रतिनित्व गरेका आयुष दुलालको स्वागत मन्तव्यबाट कार्यक्रमको शुरू भएको थियो । पहिलो अभिमुखीकरण कार्यक्रममा समावेश भइसकेका दुलालले हल्टको विषयवस्तुमा केही भनाइहरु राख्दै सबैमाझ प्रतियोगी भावना विकाश हुनुपर्ने बताएका थिए ।

हल्ट प्राइजमा थप प्रकाश पार्दै क्याम्पस प्रबन्धक र निर्देशकले कार्यक्रमका विभिन्न चरण ,योग्यता र प्रक्रियाहरु बारे जानकारी दिएका थिए । लगत्तै हल्टले आयोजना गर्ने उद्यमशील वार्ता,कार्यशाला, तालिमहरुबारे विवरण दिदै आगामी भागहरुमा समावेश हुने सल्लाह दिएका थिए ।

क्याम्पस अन्तर्गत ‘इसअ हल्ट प्राइज विश्वव्यापी टप-२० मान्यता पाप्त कार्यक्रम भएको चिनारी देखाउदै यसपालीको प्रतिस्पर्धामा हाम्रा टोलिहरुबाट क्षेत्रीय देखि अन्तिम सम्म पुर्याउने लक्ष्य रहेको उनले बताए ।

सबैको उत्साह र जिज्ञासाले कार्यक्रम अझ अन्तरक्रियात्मक हुन पुगेको थियो । हल्टका पूर्ववर्ती परियोजना, प्रमाणपत्र, नमुनाहरुको समानता ,प्रक्रिया आदि बारे थुप्रै जिज्ञासाहरु विद्यार्थीहरुबाट प्रस्तुत भएका थिए ।