बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो विदेशमा रहेका नेपालीलाई लक्षित गरी बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक गरेको छ ।
“श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई उच्चतम ब्याजदरको व्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्घती खाता संचालनमा ल्याएको हो ।
यस मुद्घती खाता खोल्दा ग्राहकहरुले ११.०५ प्रतिशत वार्षिक व्याजदर पाउने छन् । साथै बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य आर्कषक विशेषता पाइने छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।