कीवर्डहरू -

नेशनल पेमेन्ट स्वीचमा जोडियो आइएमई जनरल इन्स्योरेन्स

नेशनल पेमेन्ट स्वीचमा जोडियो आइएमई जनरल इन्स्योरेन्स

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले पनि आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउससँग जोडेको छ ।

भुक्तानी प्रणालीलाई डिजिटल माध्यममा लैजाने उद्देश्यका साथ कम्पनीले बुधबार क्लियरिङ हाउससँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेश भक्तबादे श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका सीईओनीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ ।

यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, टेण्डर भुक्तानी, लगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरू आबद्ध भएका बैंक खाताहरूबाट सोझै गर्न सक्नेछ ।

यसले आइएमई जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरूबाट भुक्तानी कारोबारहरू सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्याउने कम्पनीले बताएको छ । यी सबै कारोबारहरू सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरूबाट हुनेछन् ।