कीवर्डहरू -

विन्टर इन्टेक कोड क्याम्प आयोजना गर्दै इन्फोडेभलपर्स, तालिमसँगै रोजगारीको अवसर

विन्टर इन्टेक कोड क्याम्प आयोजना गर्दै इन्फोडेभलपर्स, तालिमसँगै रोजगारीको अवसर

इन्फोडेभलपर्स प्रालिले स्वीफ्ट, मिडास र रिगो प्रालिसँग सहकार्य गरेर विन्टर इन्टेक कोड क्याप्म आयोजना गरेको छ ।

यो कोडिङ क्याम्पले रोजगारीको अवसर र राम्रो काम गर्न सक्ने प्रतिभावान व्यक्तिहरुको खोजी गर्ने लक्ष्य बोकेको छ ।

यो कार्यक्रमले सहभागीहरुलाई आइटीसँग सम्बन्धित प्रोजेक्ट र अवसरहरु प्रदान गर्नेछ । यस क्याम्पले शिक्षा र उद्यम बिचको दूरीलाई कम गर्ने कोसिस पनि गर्नेछ ।

यो कार्यक्रम पुसको २५ गते आयोजना गरिनेछ । सर्टलिस्ट गरिएका सहभागीलाई २८ र २९ पुसमा बताइनेछ । प्रशिक्षण माघको ३ गते देखि चैतको ३ गतेसम्म रहनेछ ।