कीवर्डहरू -

विन्टर इन्टेक कोड क्याम्प शुरू, सिप विकाससँगै रोजगारीको अवसर

विन्टर इन्टेक कोड क्याम्प शुरू, सिप विकाससँगै रोजगारीको अवसर

नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्प शुरू भएको छ । स्वीफ्ट टेक्नोलोजी, मिदास टेक्नोलोजी र रिगो टेक्नोलोजीसँगको सहकार्यमा आयोजनामा विन्टर इन्टेक कोड क्याम्प आईतबारदेखि शरू भएको हो ।

उद्योग र एकेडेमीकबीचको सहकार्यमा विन्टर इन्टेक कोड क्याम्प आयोजना भएको इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए ।

नयाँ प्रतिभाहरू पहिचान गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहित विन्टर इन्टेक कोड क्याम्प आयोजना भएको आयोजकले जानकारी दिएको छ । यसमा २०० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका छन् ।

यसअघि गत पुस २ गतेदेखि १६ गतेसम्म विन्टर इन्टेक कोड क्याम्पका लागि रजिष्ट्रेसन खुल्ला गरिएको थियो । त्यसपछि प्राप्त आवेदनमध्ये पहिलो चरणको फिल्टर पश्चात २०० भन्दा बढी विद्यार्थी विन्टर कोड क्याम्पमा छानिएका छन् ।

पुस २८ र २९ गते २०० जना मध्येबाट पुनः अर्को चरणको फिल्टर हुनेछ । उक्त फिल्टरपछि छनोट भएका विद्यार्थीलाई २ महिनाको सिप विकास तालिम दिइनेछ । जुन तालिम माघ ३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुनेछ ।

जाभा, रियाक्ट, डटनेट, एंगुलर, लाराभेल, एन्ड्रोइड तथा आईओएस एप डेभलपमेन्ट, एआई, डेटाबेस, युएक्सयुआई डिजाइन, ग्राफिक्स डिजाइन, पाइथन, फ्लटर, जाभा, पीएचपी, बिजनेस एनालिष्ट लगायतमा छुट्टा छुट्टै टिम बनाएर तालिम प्रदान गरिने छ ।

तालिममा सहभागीले एउटा प्रोजेक्ट बनाउनु पर्नेछ । उक्त प्रोजेक्ट चैत ४ गतेदेखि ८ गतेसम्ममा सम्पन्न गरिसक्नु पर्नेछ ।

असाइन गरिएको प्रोजेक्ट र टास्कबाट शर्ट लिष्टेड भएका सहभागीलाई चैत ११ गते रोजगारीका लागि सम्पर्क गरिनेछ । छनोट भएका उम्मेद्वारहरूको चैत १७ गतेदेखि पूर्ण कालिन रोजगारी वा ट्रेनिको रूपमा काम शुरू हुनेछ ।