कीवर्डहरू -

जेष्ठ नागरिकलाई प्रविधिको प्रयोग गर्न सिकाउँदै दूरसञ्चार प्राधिकरण

जेष्ठ नागरिकलाई प्रविधिको प्रयोग गर्न सिकाउँदै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले जेष्ठ नागरिकलाई प्रविधिको प्रयोग गर्न सिकाउने भएको छ । यसका लागि प्राधिकरणले एक सूचना प्रकाशित गर्दै परामर्शदाता माग गरेको छ ।

इच्छुक परामर्शदाताले दूरसञ्चार प्राधिकरणको कार्यालय, वेबसाइट र बोलपत्रबाट थप जानकारी लिन तथा आशयपत्रको डकुमेन्ट निःशुल्क लिन सक्नेछन् । आगामी माघ १२ गतेसम्म आशयपत्र पेश गर्न सकिने छ ।

आशयपत्रको मूल्यांकन ५० प्रतिशत योग्यता, ४० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा गरिने प्राधिकरणले जनाएको छ । आशयपत्र पास हुनका लागि ६० अंक ल्याउनुपर्नेछ ।

तालिममा आइसिटी प्रविधि र दूरसञ्चारको दैनिक जीवनमा प्रयोग बारे सिकाइने छ । यो तालिमा सातै प्रदेशमा सञ्चालन हुनेछ ।

तालिम इन्टरनेट, वेब ब्राउजर, मोबाइल बैंकिङ, नागरिक एप र स्थानीय तथा सरकारी संस्थाबाट सार्वजनिक भएका अन्य एप प्रयोगमा केन्द्रित हुनेछ । यो तालिम ३० दिनसम्म आयोजना हुनेछ ।