कीवर्डहरू -

बनेपा र बालाजुमा साओमीको आधिकारिक स्टोर, दोब्बर बनाउने लक्ष्य

बनेपा र बालाजुमा साओमीको आधिकारिक स्टोर, दोब्बर बनाउने लक्ष्य

साओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पौष २१ गते बुधबार बनेपा-६ को गोदाम चोकमा आफ्नो नयाँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि हिजो बालाजु, नयाँ बसपार्कको बि.जि. मलमा पनि आफ्नो नयाँ स्टोर खोलेको हो ।

साओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्देश्य पुरा गर्न नेपालभरि नयाँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ ।

साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले यी नयाँ स्टोरहरु खुले पछि ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुने बताए ।

‘हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पुरा हुनेछ,’ उनले भने, ‘हामीलाई आशा छ हाम्रा ग्राहकहरु हाम्रो यी नयाँ स्टोरहरुमा आउनुहुनेछ र हाम्रो नयाँ नयाँ उत्पादनहरु मन पराउनुहुनेछ ।’

यो नयाँ स्टोरमा सप्प्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् । यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु साओमी नेपालले हेर्नेछ ।