नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले यही शुक्रबार प्रोजेक्ट एक्जिबिसन आयोजना गर्ने भएको छ । यही पुस ३० गते कलेजमा प्रोजेक्ट एक्जिबिसन आयोजना हुने भएको हो ।
यस प्रोजेक्ट एक्जिबिसनमा विद्यार्थीहरूले सफ्वेयर, हार्डवेयर, इलेक्ट्रोनिक्स र सिभलसँग सम्बन्धि प्रोजेक्टहरू प्रदर्शनीमा राख्ने छन् । एक्जिबिसनमा एनसीआईटी कलेजका विद्यार्थीले बनाएका ४० प्रोजेक्टहरू प्रदर्शनीमा राखिने कलेजका प्रिन्सीपल निरञ्जन खकुरेलले जानकारी दिए ।
उक्त इभेन्टमा हार्डवेयर र सफ्टवेयर प्रतिस्पर्धा समेत हुनेछ । एकैठाउँमा युवा ट्यालेन्ट र प्रोफेसनलहरू ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना हुन लागेको कलेजले जनाएको छ । प्रोजेक्ट प्रदर्शनीलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न कलेजले व्यवस्थापन समिति समेत गठन गरेको छ ।
यो प्रदर्शनीमा ५ हजार बढी भिजिटर सहभागी हुने कलेजको अपेक्षा छ । भिजिटरले निःशुल्क प्रोजेक्ट अवलोकन गर्न सक्नेछन् ।