कीवर्डहरू -

कामना सेवा विकास बैंक र मोकोबीच सम्झौता

कामना सेवा विकास बैंक र मोकोबीच सम्झौता

कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबीच व्यवसायिक साझेदारी भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच बैंक र मोकोबीच साझेदारी पत्रमा हस्ताक्षर भएको  हो ।

उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेत र फोकसवान पेमेन्ट सोलुसनका सीईओ प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

मोको एप नेपालमा पहिलो ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो, जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्यूआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् ।

कामना सेवा विकास बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरूले अब सोही मोको एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरीद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन्  ।

यसबाट टेलिकम टप–अप, इन्टरनेट र बिजुलीको बिल, लगायत अन्य डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकहरूले पटक–पटक ब्यालेन्स लोड गरी रहन नपर्ने समेत बैंकले जनाएको छ ।