कीवर्डहरू -

एप्पलले चाँडै सार्वजनिक गर्दै आइफोन एसई

एप्पलले चाँडै सार्वजनिक गर्दै आइफोन एसई

एप्पलले फाइभजी सहित आइफोन एसई चाँडै सार्वजनिक गर्ने भएको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार मार्च वा अप्रिलमा एप्पलले आइफोन एसई सार्वजनिक गर्नेछ । एक भर्चुअल प्रेजेन्टेसन मार्फत कम्पनीले आईफोन सार्वजनिक गर्ने रिपोर्टले बताएको छ ।

यो आइफोन ८ सरहनै हुनेछ तर यसमा नयाँ प्रोसेसर र फाइभजी कनेक्सन रहनेछ । नयाँ प्रोसेसरमा आइफोन १३ को ए १५ चिप रहेको आशंका गरिएको छ ।

क्यामेरा सेन्सर र स्टोरेजमा पनि अपडेट आउने रिपोर्टले जनाएको छ । आइफोन एसईमा बटनमा आधारित फिगंरप्रिन्ट रिडर हुनेछ ।