कीवर्डहरू -

कोरोनाको तेस्रो लहरका कारण क्यान इन्फोटेक स्थगित

कोरोनाको तेस्रो लहरका कारण क्यान इन्फोटेक स्थगित

कोरोनाको तेस्रो लहरका कारण क्यान इन्फोटेक स्थगित भएको छ । यसअघि माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौं भृकुटिमण्डपमा हुने गरी तयारी भएको थियो ।

कोरोनाको तेस्रो लहर काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको संक्रमण र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरु, नेपाल सरकार गृह मन्त्रालय एवं  काठमाडौं उपत्यका अन्तर्गतका जिल्ला प्रशासन कार्यालय लगायत कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२२ का प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसंगको परामर्शमा अर्को निर्णय नभएसम्मको लागि हाललाई स्थगित भएको क्यान महासंघले जानकारी दिएको छ ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) का साथै सुचना तथा संचार प्रविधि सम्बन्धि अन्य कम्पनि तथा संस्थाहरुको सहभागिता रहने गरी इन्फोटेकको सम्पूर्ण तयारी पुरा भएको थियो ।