कीवर्डहरू -

एनिमोका खेलकुद एनएफटी प्लेटफर्मबाट २ अर्ब चोरी 

एनिमोका खेलकुद एनएफटी प्लेटफर्मबाट २ अर्ब  चोरी 

ह्याकरहरुले एनिमोका नामक खेलकुद नन फन्जिबल टोकन (एनएफटी) प्लेटफर्मबाट २ अर्ब नेपाली रुपैयाँ चोरी गरेका छन् । डेटाब्रिच गरेर ह्याकरहरुले यति रकम चोर्न सफल भएका हुन् ।

ह्याकरहरुले कम्पनीको हट वालेटमा कनेक्ट गरेर पैसा चोरेका थिए । हट वालेटलाई क्रिप्टोकरेन्सी पठाउन र पाउनका लागि एनिमोका ब्राण्डले प्रयोग गर्ने गर्दछ ।

कम्पनीले आक्रमण कसरी भएको हो र यसलाई रोक्न के गर्नुपर्छ भन्ने विषयमा काम गरिरहेको छ । एनिमोकाले खेलाडीहरुको वास्तविक एनएफटी बनाउने काम गर्दछ ।

नन फन्जिबल टोकन भनेको ब्लकचेनमा रेकर्ड गरिएको क्रिप्टोग्राफिक टोकन हो । यसले कुनै पनि डिजिटल कुरा कसको हो भनेर बताउन सक्छ ।