कीवर्डहरू -

शुक्रबार हुने भनेको एनसीआईटी कलेजको प्रोजेक्ट एक्जिबिसन कार्यक्रम कोरोनाका कारण स्थगित

शुक्रबार हुने भनेको एनसीआईटी कलेजको प्रोजेक्ट एक्जिबिसन कार्यक्रम कोरोनाका कारण स्थगित

कोरोना महामारीका कारण नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले आयोजना गरेको प्रोजेक्ट एक्जिबिसन अर्को निर्णय नभएसम्म हाललाई स्थगित भएको छ । पुस ३० गते शुक्रबार आयोजना गर्ने गरी उक्त प्रोजेक्ट एक्जिबिसनको सम्पूर्ण तयारी गरिएको थियो ।

कोरोना महामारीका कारण प्रोजेक्ट एक्जिबिसन पोष्टपोन भएको कलेजका प्रिन्सीपल निरञ्जन खकुरेलले बताए । उनका अनुसार अहिलेलाई स्थगित भएको प्रोजेक्ट एक्जिबिसनका अवस्था हेरेर केही समयपछि गरिने छ ।

यस प्रोजेक्ट एक्जिबिसनमा विद्यार्थीहरूले सफ्वेयर, हार्डवेयर, इलेक्ट्रोनिक्स र सिभलसँग सम्बन्धि ४० प्रोजेक्टहरू प्रदर्शनीमा राखिने गरी तयारी गरिएको थियो ।